काठमाडौं । फागुन १ गते नेपालमा १० वर्षे जनयुद्ध सुरु भएको दिन हो । सर्वोच्च अदालतको आदेशपछि केन्द्र सरकारले भने यस दिनलाई सार्वजनिक बिदा दिएको छ ।
तर, यसै दिनलाई कतिपय स्थानीय तहले भने सार्वजनिक बिदा दिएका छन् । धादिङको गजुरी गाउँपालिकाले भने फागुन १ गते दिएको बिदाको विषयमा अध्यक्ष र उपाध्यक्षबीच विवाद देखिएको छ । दुवैले सार्वजनिक रुपमा विज्ञप्ति जारी गरेसँगै उनीहरुबीचको विवाद सतहमा आएको हो ।
अध्यक्ष गणेशलाल श्रेष्ठले विज्ञप्ति जारी गरेर भोलि गजुरी गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएका छन् ।
उपाध्यक्ष शर्मिला बिसुरालले भने विज्ञप्ति जारी गर्दै कार्यपालिका बैठकमा यस विषयमा कुनै निर्णय नभएको भन्दै सार्वजनिक बिदा नहुने बताएकी छिन् ।
Comments







