Sunday, October 11, 2026
14.2 C
Kathmandu
Home मुख्य समाचार अरुण चौधरीलाई अनुसन्धान नसकिँदै छाड्न आदेश दिने न्यायाधिशलाई कारबाही, मुगु सरुवा गरियो

अरुण चौधरीलाई अनुसन्धान नसकिँदै छाड्न आदेश दिने न्यायाधिशलाई कारबाही, मुगु सरुवा गरियो

काठमाडौँ । छासबारी छालाजुक्ता कारखानाको सरकारी जग्गा हिनामिना गरेको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई अनुसन्धान नसकिँदै छाड्न आदेश दिने जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विवादित आदेश दिने न्यायाधीश आचार्य कारबाही स्वरुप सरुवा गरेका हुन्। सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार काज सरुवाको निर्णय आइतबार भएको हो।

माघ २२ गते म्याद थपका लागि पेश गरिएका चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुरलाई अनुसन्धान नसकिए पछि दुई दिनभित्र हाजिर जमानीमा छाड्न आदेश दिएका थिए। कारबाही स्वरुप आचार्यलाई काठमाडौँ जिल्ला अदालतबाट मुगु पुर्याइएको हो।

आदेशअनुसार पक्राउ परेकाहरु अनुसन्धान नै नसकी छुटिसकेका छन्। आदेशको सार्वजनिक रुपमा चर्को आलोचना भएको हुँदै आएको छ भने सरकारी पक्षले पनि असन्तुष्टि जनाएको छ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।