भ्रष्टाचारमा मुछिएका सुनिल र विकललाई थप १० दिन थुनामा राख्न अनुमति

काठमाडौँ । भ्रष्टचार मुद्दामा पक्राउ परेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप दश दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले उनीहरूलाई दश दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।

गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘सेक्युरिट प्रिटिन्ङ’ प्रकरणमा जोडिएका विकल र सुनिललाई पक्राउ गरेको थियो ।

अख्तियारले दुवै जनालाई भ्रष्टाचार मुद्दामा मुद्दा दायर गरेको छ । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंका गर्दै उनीहरुलाई थप छानबिनका लागि नियन्त्रणमा लिएको हो । उनीहरु गत माघ दोस्रो साता पक्राउ परेका थिए । त्यसपछि उनीहरुलाई थुनामा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।