काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ।
नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो। जितसँगै नेदरल्याण्ड भने दोस्रो स्थानमा उक्लिएको छ। नेदरल्याण्डले एक खेल नामिबिया र एक खेल नेपाललाई जितेको हो।
Comments