काठमाडौँ — नेपाल सरकारले प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई दिएको छ । नवगठित मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको प्रवक्ता मन्त्री शर्मालाई तोक्ने निर्णय गरेको हो ।

बैठकले संयुक्त राष्ट्रसंघको कमिसन अन द स्ट्याटस अफ ओमन (सिएसडब्ल्यू) को ६८ औं सत्रमा भाग लिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको नवनियुक्त प्रवक्ता शर्माले जानकारी दिइन् । ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।