काठमाडौँ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिएका छन् । आइतबार यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।

यादवसँगै जसपाबाट नवलकिसोर साह सुडीले पनि वन तथा वातावरणमन्त्रीको शपथ लिएका छन् । योसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री पुगेका छन् । यसअघि दाहाल सरकारमा नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठ र रवि लामिछानले उपप्रधानमन्त्री बनिसकेका छन् । जसपा सरकारमा सहभागी भएसँदै दाहाल सरकारले पूर्णतासमेत पाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।