सरकारका कारण सिमामै रोकियो पेट्रोलियम पदार्थ अन्वेषण गर्न चीनबाट आएको ‘ड्रिलिङ’ मेसिन

काठमाडौं । अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय नगरिदिँदा दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ का लागि चीनबाट ल्याइएका मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् ।

भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् । अर्थ मन्त्रालयले नेपालगंज भन्सार कार्यालयमा भन्सार छुटको पत्र पठाएपछि भन्सार छुट पाएर ती सामान नेपाल भित्रनुपर्नेमा अझैसम्म अर्थले पहल कदमी नगर्दा ती सामानहरु रोकिएको हो ।


‘ड्रिलिङ’का लागि ल्याइएका ती मेसिन निकै ठुला रहेका छन् । कोलकाता बन्दरगाहबाट मंगलबारसम्म १० वटा ट्रकमा मेसिनका सामान रुपैडिया आइसकेको छ । एक महिना पहिला नै चाइनाबाट हिँडेका ती मेसिन मंगलबार रुपैडिया आइपुगेका हुन् । सरकारी स्तरबाटै निर्णयमा ढिलाइ हुँदा ‘ड्रिलिङ’को काममा पनि ढिलाइ हुँदै आएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।