Saturday, August 22, 2026
23.1 C
Kathmandu
Home ब्यानर प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत, काग्रेस र राप्रपाले मत दिएनन्

प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत, काग्रेस र राप्रपाले मत दिएनन्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन् । यो डेढ वर्षमा उनले तेस्रोपटक विश्वासको मत पाएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्दछ । प्रधानमन्त्री प्रचण्डलाई संसदमा कुल उपस्थित सङ्ख्यामध्ये १५७ जनाले मत दिए । उपस्थित सङ्ख्या २६८ मध्ये उनले ५८.५८ प्रतिशत मत पाएका हुन् । उनलाई माओवादीसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीका साथै स्वतन्त्र दुई सांसदले समेत मत दिएका छन्।

प्रमुख विपक्षी दल कांग्रेस, राप्रपा लोसपा, जपा, नेमकिपाले विपक्षमा मतदान गरेका थिए भने राष्ट्रिय जनमोर्चाले मत प्रक्रियामा भाग लिएनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।