भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगोलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ। हतुवागढी गाउँपालिका वडा नं ७ पात्लेपानीमा भएको आगोलागीमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले राससलाई जानकारी दिए।

आगलागीमा परी एक बालिका, दुई बालकको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय घोरेटारबाट घटनाको जानकारी आएपछि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएकाले विस्तृत विवरण आउन बाँकी रहेको सूचना अधिकारी राईले जानकारी दिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।