काठमाडौं । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तेजावी सुन पनि प्रतितोला ७०० रुपैयाँले नै वृद्धि भएको छ। महासंघले आजका लागि तेजावी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँ कायम गरेको छ। सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्यमा आज सामान्य वृद्धि भएको छ। सोमबार प्रतितोला एक हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी आजका एक हजार ५२५ रुपैयाँ तय भएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।