काठमाडौं । पहिलो कारोबार खुलेकै दिन सर्वोत्तम सिमेन्टको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो ।

सर्वोत्त्मको मूल्य बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भइरहेको छ । यसको पहिलो कारोबार ५५६ रुपैयाँमा खुला भएको थियो । १० प्रतिशत मूल्य बढ्दा पनि बिक्रेता देखिएका छैनन् ।

बुक विल्डिङ विधिमार्फत आइपीओ निष्कासन गरेको सर्वोत्तम सिमेन्टको सेयर कारोबार मंगलबारदेखि सुरु भएको हो । मंगलबार प्रि–ओपनिङ सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा खुला भएको हो । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।