पाँच दलको साँझा संकल्पः उर्जामा देखिएन नयाँ उत्साह

काठमाडौं । पाँचदलीय गठबन्धनको साझा संकल्प आज सार्वजनिक भएको छ । सिंहदरबारमा मंगलबार आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेपनि उर्जा क्षेत्रमा भने उत्साहजनक संकल्प देखिएका छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले बंगलादेशसँग विद्युत व्यापारको अन्तिम चरणमा पुगेको र चीनसँग पनि विद्युत व्यापारको पहल भइरहेको बताउँदै आएका छन् ।

नेपाल सरकार आफैंले बुढीगण्डकी आयोजनाको निर्माण गर्ने घोषणा गरेको छ । स्थानीय जनप्रतिनिधीले उक्त आयोजनाको काम अघि बढाउन माग गर्दै आएका छन् ।
लामो समयदेखि उद्योगहरुले तिर्नुपर्ने बक्यौताको विषय विवादमा रहेको छ । यो गठबन्धनले उक्त विषय कसरी हल गर्ने भन्नेमा साझा सल्कंपमा बोल्न सकेको छैन ।
पाँचदलीय गठबन्धनको तर्फबाट जारी संकल्पमो उर्जासँग सम्बन्धी नयाँ सत्साहजनक विषय अटाउन नसकेको हो ।

साझा संकल्पको उर्जा विकास, सूचना र सञ्चार उपशिर्षकको पहिलो नम्बरमा एकीकृत उर्जा नीति बनाउने, स्थानीय अवरोध र वन–जग्गा प्राप्ति, मुआब्जा वितरण लगायत विद्युत आयोजना निर्माणका क्रममा आउने समस्या समाधान गर्न सम्बन्धित निकायहरुलार्य नै स्रोत उपलब्ध गराई जिम्मेवार बनाउने उल्लेख छ ।

यस्तै, संसदमा विचारधिन विद्युत् विधेयक २०८० लाई समयानुकूल बनाई पारित गर्ने समेत साझा सकंल्पमा समेटिएको छ ।

उर्जा मन्त्रालय नेकपा माओवादी केन्द्रको तर्फबाट शक्ति बस्नेतले सम्हाल्दै आएका छन् । उनी यसअघिको गठबन्धनमा पनि उर्जा मन्त्रीकै रुपमा रहेकोमा उनको निरन्तरता भएको छ । पाँचदलीय गठबन्धनको साझा संकल्पमा भने उर्जा क्षेत्रकै नयाँ र उत्साहजनक विषय समेटिएका छैनन् ।

साझा संकल्पमा उर्जाबारे समेटिएका संकल्पहरु

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।