भारतमा किसान आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या १२ पुग्यो

नयाँ दिल्ली । भारतमा किसान आन्दोलन सुरु भएको ३८ दिन भयो । यस अवधिमा ९ जना किसानसमेत १२ जनाको मृत्यु भएको छ ।

न्यूनतम समर्थन मूल्य (एमएसपी) को प्रत्याभूतिको माग गर्दै पन्जाब र हरियाण राज्यका किसानहरू शम्भु बोर्डर र खनौरी बोर्डरमा आन्दोलन गरिरहेका छन् । आन्दोलनरत किसानहरू दिल्ली छिर्ने प्रयासमा छन् । तर प्रहरीले उनीहरूलाई दिल्लीको सीमा भित्र छिर्न दिएको छैन ।

यस क्रममा आन्दोलनरत किसान र सरकारबिच चार चरणमा वार्ता पनि भएको थियो । किसानका आन्दोलन कमजोर भएको सङ्केतबिच सरकारले दिल्लीको सीमा राखिएको ब्यारिकेडहरू हटाउन सुरु गरेको छ ।

बुधबार दिल्ली– गाजीपूर बोर्डरमा लगाइएको सीमेन्टेड ब्यारिकेड हटाइएको थियो । किसान आन्दोलन फेब्रुअरी १३ मा सुरु भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।