काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका-६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका-२ बस्ने राजु गुरुङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा बूढानीलकण्ठ नगरपालिका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सीचालकलाई कुटपिट गरी मोबाइल, ब्लुबुक, ल्यापटप, रातो कलरको वालेट एक तथा नगद १८ हजार लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो ।
उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।