काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा कांग्रेसले असभ्य व्यवहार देखाएको बताएका छन् । अध्यक्ष ओलीले शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस उपसभापति धनराज गुरुङको व्यवहार असभ्य भएको ओलीको भनाइ थियो । बिहीबार बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न सभामुख देवराज घिमिरेले समय दिएसँगै कांग्रेसले रोस्ट्रममा जान नदिएपछि अध्यक्ष ओली स्वयं नै उठेर रोस्ट्रममा जान इसारा गरेका थिए । अध्यक्ष ओलीको इसारापछि उपसभापति गुरुङले ओलीको नजिकै आएर औंला ठड्याउँदै चर्को स्वरमा नारा लगाएको दृश्य देख्न सकिन्छ ।
Comments