प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काठमाडौंमा शुक्रबारबाट सुरु भएको १६औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले न्यायालयको सुदृढीकरण र बारलाई अझ सक्षम बनाउन सरकारका तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले स्वतन्त्र, सक्षम तथा उत्तरदायी न्यायपालिका, विधिको शासन, लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, शक्ति पृथकीकरण, न्यायपालिकाको जनआस्था अभिवृद्धिका लागि नेपाल बार एसोसिएसनले पुर्याएको योगदान सदैव अतुलनीय रहेको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र कानुनको शासन पालना र भव्य समाजको पहिचान रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सम्मेलनको आयोजनाको सन्दर्भमा पनि सरकारले विगितमा दिने गरेको अनुदानको एक तिहाइ बढाएको बताए ।