काठमाडौं । अन्तरवार्ताका लागि अमेरिकी दूतावास पुगेका क्रिकेटर सन्दीप लामिछानेको भिसा फेरि रिजेक्ट भएको छ ।

-२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन अस्वीकार यसअघि पनि भएको थियो । अमेरिकी दूतावासले नै फेरि उनलाई बिहीबार अन्तरवार्तामा बोलाएको थियो ।

नेपाली क्रिकेट समर्थकहरुले उनलाई भिसा दिनुपर्ने माग राख्दै सामाजिक सञ्जाल र सडकबाट दबाब सिर्जना गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।