नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले भ्रामक समाचार बनाएर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएकी छिन् । 

तथ्यहीन र भ्रामक समाचार लेखेर आफ्नो चरित्र हत्या गर्न खोजिएको भन्दै नेतृ देउवाले प्रेस काउन्सिलमा उजुरी दिएकी हुन् । 

‘माननीय आरजु राणा देउवालाई जोडेर प्रकाशन/प्रसारण भएका समाचारहरू तथ्यहीन, भ्रामक रहेको र उहाँको चरित्र हत्या गर्ने मनसायले प्रकाशित भएकाले यसका सम्पादक, प्रकाशक, र समाचार तयार गर्ने सञ्चारकर्मीलाई कानुन अनुसार कारबाही गरी उक्त भ्रामक समाचार हटाउन निर्देशन दिन अनुरोध गर्दछु,’ उनका  स्वकीय सचिव कमल रावलले दिएको उजुरीमा उल्लेख छ ।   

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।