काठमाडाैं । कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि बढाउने भएको छ । आइतबार बसेको संसदीय  दलको बैठकले दलका नेता लामालाई आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो ।

संघमा कांग्रेस र एमालेको गठबन्धन भएसँगै वाग्मतीमा पनि सरकार परिवर्तन हुन लागेको हो । वाग्मतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार गठन हुन लागेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछ्न ।

वाग्मतीमा कांग्रेस र एमालेको सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेससको ३७ र एमालेको २७ सासंद रहेका छन् । बहुमतका लागि ५६ मतको आवश्यकता रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।