काठमाडौं । छिमेकी मुलुक बंगलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको कारण १० दिनदेखि नेपालसहित तीन देशको व्यापार ठप्प भएको छ । आन्दोलनका कारण नेपालसहित भारत र भुटानको व्यापारमा पनि परेको हो ।
नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापार नाका फूलबारी–बंगलाबन्ध विगत १० दिनदेखि ठप्प छ । सधैं गुल्जार देखिने यो अन्तर्राष्ट्रिय नाका बंगलादेशमा चर्किएको आन्दोलनका कारण सुनसान बनेको हो । पारवहानका अनुसार खुदो, दाल, जडीबुटी, दाना, चुत्थोलगायतका आधा दर्जन नेपाली वस्तु बंगलादेश निर्यात हुन्छ । उताबाट ब्याट्री, औषधी, सोयाबिन, आलु, जुटलगायतका २० भन्दा बढी वस्तु आयात हुन्छ ।
Comments