काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा *१८ जनाको मृत्यु भएको ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
जहाज दुर्घटनामा घाइते पाइलट मनिष शाक्यको यसअघि नै उद्दार गरी उपचारका लागि अस्पताल पठाइएको छ । जहाजमा चालक दल, प्राविधिकसहित १९ जना रहेकाे जनाईएकाे छ ।
मर्मतका लागि पोखरा उडेको जहाज दुर्घटनामा परेको बताईएकाे छ ।
बुधबार बिहान काठमाडौंबाट पोखरा उड्ने क्रममा जहाज दुर्घटनामा परेको थियो। *सच्याईएकाे
Comments