काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्ने भएको छ ।

८ साउनसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको स्रोतमध्ये ३ खर्ब ६५ अर्ब तरलता खिचेको छ । बिहीबार थप ४० अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल हुने भएको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको फागुनदेखि तरलता व्यवस्थान गर्दै ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । त्यसपछि पनि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिचिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।