काठमाडौं । गएराती काठमाडौंमा भिषण वर्षा भएको छ । काठमाण्डौको बुढानिलकण्ठ, ककनी, सुन्दरीजल र आसपास पनि ठूलो पानी परेकाले बाग्मती नदी, धोविखोला, विष्णुमती नदीमा जलसतहले खतरा तह पार गरेकोले तटीय क्षेत्रहरू तथा डुबान भइरहने होचा ठाउँमा सतर्कता अपनाउन भनिएको छ ।
पछिल्लो १२ घण्टामा काठमाण्डौको सुन्दरीजलमा ७९ मिलिमिटर र बुढानिलकण्ठमा ७७ दशमलव २ मिलिमिटर पानी परेको हो ।
आज बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Comments