काठमाडौं । काठमाडौंकै एक व्यस्त सडकको पुल चर्किएको छ । धोबीखोला अन्तर्गत बुद्धनगर–बबरमहल जोड्ने पुल चर्किएपछि आवागमन बन्द गरिएको छ ।
महानगरपालिकाले चर्किएको पुलमा सवारी आवातजावतमा रोक लगाएको छ । चर्किएको पुलबाट आवतजावत गर्दा जोखिम हुने भएपछि आवागमन बन्द गरिएको महानगरले जनाएको छ ।
निरन्तरको वर्षाका कारण धोबीखोलामा बढेको पानीको बहावले १० नम्बर वडा र ११ नम्बर वडा जोड्ने पुल चर्किएको नगर प्रहरीले जनाएको छ । चर्किएको पुल मर्मत गरेर मात्र सवारी आवागमन खुल्ला गर्ने तयारी गरिएको छ । –तस्बीरः अनलाइनखबर
Comments