काठमाडौं । काठमाडौंबाट पोखराका लागि टेक अफ गरेको केही छिनमै बुधबार दुर्घटनाग्रस्त बनेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एक पत्रकार परिवार पनि शोकमा डुबेको छ ।

उक्त विमान दुर्घटनामा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्व अध्यक्ष तथा समाजवादी प्रेस संगठनका सस्थापक उपाध्यक्ष प्रकाश खतिवडाकी जेठी छोरी प्रिजा, ज्वाई मनुराज शर्मा र नाती अधिराज शर्माको पनि निधन भएको हो ।

विमानमा एक विदेशीसहित १९ जना सवार थिए । जसमध्ये पाइलट ३७ वर्षीय मनिष शाक्यबाहेक १८ जनाको मृत्यु भएको छ । पाइलट ३७ शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

बुधबार बिहान ११ बजे काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको विमान केहीबेरमै दुर्घटनामा परेको थियो । जहाज दुर्घटनामा निधन भएकाहरुको शोकमा सरकारले आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।