काठमाडौं । सेयर धितो कर्जाको २० करोड रुपैयाँको सीमा खारेज भएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोड रुपैयाँको सीमा खारेज गरिने जनाएका छन् ।
हाल सेयर कर्जामा व्यक्तिलाई १५ करोड र संस्थालाई २० करोडसम्मको सीमा तोकिएको छ । जसअनुसार संस्थागत लगानीकर्ताहरुको सीमा खारेज गर्ने केन्द्रीय बैंकले जनाएको हो । व्यक्तिगत सेयर कर्जाको सिमा भने हटेको छैन ।
Comments