काठमाडौँ । कक्षा १२ को परिक्षामा दुई विषयसम्म नन्ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने छन् ।
राष्ट्रिय परीक्षा बोर्डले आज शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । जसमा १ लाख ८७ हजार २१ जना विद्यार्थी नन्ग्रेडेड (एनजी) मा परेका छन् । कुल परीक्षार्थीमध्ये ४७ प्रतिशत विद्यार्थी एनजीमा परेका छन् ।
एनजीमा पर्ने मध्ये दुई विषयसम्म नन्ग्रेडेड हुने विद्यार्थीले मात्र पुरक परीक्षा दिन पाउने बोर्डले जनाएको हो । ‘सैद्धान्तिक तर्फ अन्य विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा एनजी प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीहरूले मौका (पुरक) परीक्षामा सहभागी हुन पाउने छन,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुरक परीक्षाको विस्तृत जानकारी समय तालिकासम्बन्धी सूचनामा उल्लेख गरिनेछ ।’