सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

यसअघि २ साउनमा छापावाल सुन  प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । २ साउनको रेकर्डलाई तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार सात सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार सात सय ९५  रुपैयाँ कायम भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।