काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले मध्यरातमा जोखिम मोलेर सेना समायोजन र हतियार व्यवस्थापन गरेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलमा भाग लिँदै उनले सेना समायोजन हतियार व्यवस्थान निकै जटिल अवस्थामा रहेकाे बताए ।
नेतृत्वले जोखिम नउठाएको भए जनताको नजरमा विश्वस्त नभएको भए सेना व्यवस्थापन सजिलो थिएन,’ उनले भने, ‘रातारात भोलि बिहानसम्म पर्खियौँ भने देशमा दर्घटना हुन सक्छ भनेर ११ बजे राति खनुखरनाबा कुनै जटिलता बिना हतियार र सेना व्यवस्थापन भयो ।’
हतियार र सेना व्यवस्थापनबाट पार्टीले क्षति व्यहोरे पनि देश बचेको प्रचण्डले बताए । ‘सेना समायोजन र हतियार व्यवस्थापनबाट एउटै क्षति पार्टीले व्यहोर्नुपर्यो । हतियार व्यवस्थापन गरेबापत पार्टी विभाजन भयो । पार्टीले क्षति व्यहोर्यो देश बच्यो,’ उनले भने ।
सेना र हतियार व्यवस्थान गरेर देश बचेेकाे हाे : प्रचण्ड
Comments







