काठमाडौं। चेक बाउन्स भएपछि भुक्तानी गर्दा दश प्रतिशत ब्याज दिनुपर्ने प्रस्ताव आएको छ । नेकपा एमालेका सांसद पदम गिरीले यस्तो प्रस्ताव गरेका हुन् ।

‘बैङ्किङ्ग कसूर तथा सजाय ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक’मा सांसद गिरीले यस्तो व्यवस्था थप गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

प्रस्तावित विधेयकको दफा ४ मा रकम मौज्दात नभइ चेक जारी गर्न नहुने व्यवस्था छ । कसैले त्यस्तो चेक जारी जाहेरी हुँदै सम्बन्धित जिल्ला अदालतमा मुद्दा लाग्छ । यस्तो अवस्थामा भुक्तानी गर्दा दश प्रतिशत ब्याज दिनुपर्ने प्रस्ताव सांसद गिरीको छ ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा आम्दानीको स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्थाको प्रस्ताव गरेकी छन् ।

चेक अनादरको कसुरमा मुद्दा दायर गर्दा ‘कारोबार स्थापित गर्ने कागज, आम्दानीको स्रोत खुलाउने कागज र अन्य आवश्यक कागज’ पेश गर्नुपर्ने उनको प्रस्ताव छ ।
रास्वपाकै सांसद सोविता गौतम, नेकपा एमालेका सांसदहरु पदम गिरी, दामोदर पौडेल बैरागी, विद्या भट्टराई, इश्वरी घर्ती, दिपा शर्मा, सरिता भुला र सरस्वती सुब्बाले पनि पनि चेक अनादरको जाहेरी दिने समयाअवधि तीन महिना नभएर एक वर्ष राख्नुपर्ने प्रस्ताव गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।