काठमाडाैंं । प्रहरीले एक फरार प्रतिवादीलाई २९ वर्षपछि पक्राउ गरेकाे छ । लिखत सम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले २९ वर्ष पछि पक्राउ गरेको हाे । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गे(साविक तिरिङगे गाविस वडा नं ९ स्थायी वतन भई हाल फुङलिङ नगरपालिका वडा नं १० बस्दै आएका देवीप्रसाद सेम्बू लिम्बू रहेका छन् ।
उनलाई खोजतलास गर्ने क्रममा घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरी जिल्ला अदालत ताप्लेजुङाबाट फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(३) बमोजिम ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको गरिएकाे छ ।
२०५२ साल वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको पत्र जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी निज देवीप्रसाद भएको लिखत सम्बन्धी कसुर मुद्दामा वारदात मितिबाटै फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।