काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकमा भ्रष्टाचार मुद्दामा हदम्याद राख्ने व्यवस्था मान्य नहुने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बाेल्दै उनले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद मान्य नहुने बताए ।
संसद्का प्रमुख दुई दल मिलेर बनेको सरकारबाट डरको वातावरण उत्पन्न भएको अवस्थामा युवाहरू सचेत भएर भ्रष्टाचारविरुद्ध बोलेको लामिछानेले बताए ।
Comments