काठमाडौं । क्यानडाले चीनमा बनेको इलेक्ट्रोनिक गाडी (ईभी) को आयातमा १०० प्रतिशत कर लगाउने तयारी गरेको छ ।
क्यानडाले स्टील र आल्मुनियमको आयातमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । ईभीमा बढेको शुल्क १ अक्टोबरबाट तथा स्टील र आल्मुनियमको शुल्क १५ अक्टोबरबाट लागू हुनेछ ।
यसअघि, अमेरिका र युरोपीय युनियनले यहीँ बराबरको कर लगाएका छन् । अमेरिकाले मेमा चीनबाट आयात हुने ईभीको कर चार गुणा बढाएर १०० प्रतिशत पुर्याएको थियो । लगतै ईयूले पनि चीनबाट आयात हुने ईभीमा ३६.३ प्रतिशतसम्म शुल्क लगाउने घोषणा गरेको थियो ।
क्यानडाको यस्तो घोषणापछि चीनले क्यानडाद्धारा विश्व व्यापार संगठनको नियमको उल्लंघन गरेको प्रतिक्रिया दिएको छ ।
Comments