काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध भएका छन्। अर्का प्रत्यासी घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनको मात्रै उम्मेदवारी रहेको छ।
जारी केन्द्रीय कमिटीको बैठकमा पदाधिकारी र पोलिट्ब्युरो सदस्य निर्वाचनका लागि चुनाव भइरहेको हो। एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीका लागि चुनावी प्रक्रिया अघि बढेको हो। जसमा ६७ जनाले उम्मेदवारी दिएका छन्।
पार्टीको असार १६ गतेदेखि २० गतेसम्म चलेको दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिव घनश्याम भूसाल सर्वसम्मत चयन गरेको थियो। त्यस्तै पोलिटब्युरो सदस्यका लागि पनि निर्वाचन भइरहेको छ।
Comments