काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट हटाएको छ।
मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्कासन गरेको हो ।
रास्वपाले पूर्वमहामन्त्री डा. मुकुल ढकाललाई पार्टीको अनुशासन आयोगले उनलाई कारबाही गर्ने भनेर गरेको सिफारिसको आधारमा साधारण सदस्यसमेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्कासन गरेको जनाएको छ ।
पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो।
Comments