काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट जग्गा घोटाला काण्डका कारण नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेको बताएका छन्। उनले आफ्नाे नेतृत्वमा भएको सरकारले ती काण्ड उठाएकाे बताए ।
आइतबार झापाको बिर्तामोडमा पार्टीद्वारा आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै दाहालले यी दुई काण्डमा दुई पार्टीका ‘गतिलै’ नेताहरू पर्ने भएकाले बुढानीलकण्ठ र बालकोटको मिलन भएको बताए।
उनले भने, ‘हामीले निकै ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्यौँ। तर यी दुईवटा फाइलले उनीहरूको निद्रा बिग्रियो र संसारमा हुँदै नभएको संसदका दुई ठूला दलको अप्राकृतिक गठबन्धन बन्यो।’
Comments