काठमाडौँ . कोशी प्रदेशका केही ठाउँमा cfh laxfg भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

पछिल्लो ३ घण्टामा तरहरामा ६६.८ मिलिमिटर र केराबारी क्षेत्रमा ५२.८ मिलिमिटर वर्गा भएको विभागले जनाएको छ ।

विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

सर्दु ,सुनसरी खोला ,बुढी खोला, खेसलिया खोलालगायत अन्य स-साना खोलामा आकस्मिक बाढीको तथा होचो भू-भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागको आग्रह छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।