काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।

न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दामा जनही ५०/५० हजार रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश गरेको हो ।

मेडिकल व्यवसायी प्रसाईंलाई सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय अपराधसम्बन्धी दुई वटा मुद्दा काठमाडौँ अदालतमा दायर गरेको थियो । प्रसाईंले एक जना महिलाको चरित्र हत्या हुने अभिव्यक्ति उल्लेख गर्दै मुद्दा दायर गरिएको थियो । नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई यही असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।