काठमाडाैं । कारबाहीका लागि सिफारिस भएका एक जना प्रहरी अधिकारी सम्मानित भएका छन् ।
सुन तस्करी प्रकरणमा प्रहरीबाट भएको कमजोरीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेका एसपी सञ्जयसिंह थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सम्मान गरेका हुन् ।
थापालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा रहँदा गरेको अनुसन्धानका क्रममा त्रुटि गरेको भन्दै विभागीय कारबाहीका लागि सिफारिस गरिएकाे थियाे ।
कारबाही सिफारिसमा परेका बेला उनी जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा प्रमुख थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले गृहमन्त्रीलाई प्रतिवेदन बुझाएसँगै उनी नुवाकोट प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएका थिए ।
Comments