काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको १०० दिनको उपलब्धी आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरे । सो क्रममा उनले राष्ट्रिय वाणिज्य बैंकको शाखा खुलेको विषयलाई पनि आफ्नो महत्वपूर्ण उपलब्धीका रुपमा उल्लेख गरेका छन् ।
सैपाल गाउँपालिकामा यसअघि बैकको कुनै पनि शाखा खुलेको थिएन, अहिले शाखा खुलेको विषयलाई प्रधानमन्त्री ओलीले उपलब्धीको रुपमा व्याख्या गरेका हुन् ।
‘विषय त सानै होला तर खास ठाँउको लागि महत्वपूर्ण छ । देशभरका ७५३ पालिकामध्ये, सैपाल गाउँपालिका एकमात्र यस्तो स्थानीय तह थियो, जहाँ वित्तीय संस्थाको पहुँच थिएन।’ उनले आफ्नो उपलब्धी सार्वजनिक गर्दै अघि भने, ‘प्राविधिक रूपमा असम्भव मानिएको उक्त गाउँपालिकामा, जब बाणिज्य बैंकको शाखा स्थापना भयो, करिब ५०० घरधुरीका ३ हजार जनाले यसबाट प्रत्यक्ष लाभ पाउने अवसर प्राप्त गरेका छन् ।’