रामधन राई/खोटाङ
असार १७ । दुई नगर र आठ गाउँपालिका रहेको
खोटाङमा एमालेले दुई गाउँपालिका जित्दै स्थानीय तहको निर्बाचनमा अग्रता
कायम गरेको छ । संबिधानसभाको निर्बाचनमा दुवै क्षेत्र बिजय हासिल गरेको
एमालेका तर्फबाट जन्तेढुंगा गाउँपालिकामा शंकर राई प्रमुख तथा विमला राई
उपप्रमुखमा बिजयी हुनुभएको छ ।

 यस्तै, एमालेकै तर्फबाट लामिडाडाँ गाउँपालिकामा लिलाबहादुर निरौला र समला राईले बिजय हासिल गर्नुभएको छ ।

जिल्लाको एसेलुखर्क गाउँपालिकामा कांग्रेसका बिश्व निरौला र उपप्रमुखमा एमालेकी पुष्पकला भुजेल उपप्रमुखमा बिजयी बन्नुभएको छ ।

जिल्लाको
साकेला गाउँपालिकामा माओबादी केन्द्रका अर्जुनकुमार खड्का (झङकार) प्रमुख
तथा कांग्रेसकी सरिता खड्का उपप्रमुखमा बिजयी हुनुभएको छ ।

अन्य
६ पालिकामध्ये हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ गाउँपालिका र बराहपोखरी
गाउँपालिकामा कांग्रेस, रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी तथा
खोटेहाङ गाउँपालिकामा एमालेको अग्रता रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।