काठमाडौं १४ मंसिर । नेपाल प्रिमियर लिग एनपीएल खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् । उनी कर्णाली याक्सको टिमबाट खेल्ने छन् ।

उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेपालमा हुन लागेको लिगमा शेखर धावन सबैभन्दा चर्चित विदेशी खेलाडी हुन् । उनी भारतका राष्ट्र टिमबाट एकदिवसिय, टेस्ट, टि ट्वान्टी लगायतको खेलमा प्रतिस्पर्धा जनाएर महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।