काठमाडौं । नेकपा माओवादी नेतृ ओम कुमारी पौडेलले अभिनेत्री रेखा थापालाई माओवादी नभएको भए तिम्रो पहिचान तिघ्रा देखाउनेमा नै सिमित हुने भन्दै जवाफ फर्काएकी छिन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमा माओवादीको मधेस आन्दालनप्रति केन्द्रित हुँदै राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर मधेस हिडेको आशयको अभिव्यक्ति दिएकी थिइन् ।
उनले भनेकी छिन्- ‘यो देशमा सत्ता बाहिर बस्न यती पिडा महसुस गर्ने माओवादी, आफ्नो समिक्षा कहिले गर्ला ? छातीमा गोली थाप्नेहरु हराए, युद्दमा लाग्ने लस्कर हराए, देशमा नयाँ युग ल्याउछौ भन्नेहरु हराए, अब फेरी अभिनय किन ? बरु सिधै भन्नु नि- हामी राजनीतिमा भाईरल हुने अधुरो रहर बोकेर गाउ छिरेका छौ ।’

यसै स्टाटसलाई लिएर माओवादी केन्द्रीय सदस्य समेत रहेकी पौडेलले रेखालाई फेसबुकमार्फत नै जवाफ फर्काएकी हुन् । उनले भनेकी छिन्- ‘उमेदवार हुन कम्तिमा मतदाता नामावलीमा नाम हुनुपर्छ भन्नेसम्म थाहा नभएकी तिमिलाई राजनिति को र चिनाएको र फलाना अरे भन्ने बनाएको नै माओवादीले हो नत्र तिम्रो पहिचान नि तिघ्रा देखाउने र कसैकी यति औ नम्बरकी मैयाँ हौ भन्ने बाहेक कतै निशाना थिएन र अर्कोकुरा नि तिम्रो असली औकात त तिमी आवद्ध पार्टीमा त्यहिका नेता कार्यकर्ताले देखाइ दिए केरे धेरै फुरफुर गर्नु अघि आफूलाई ऐनामा हेरेकी छौ ?’
नायिका थापा एक समय माओवादी निकट बनेकी थिइन् । पछिल्लो समय उनी राप्रपा नेपालमा आवद्ध छिन् । उनी राप्रपाको केन्द्रीय सदस्य समेत हुन् ।







