काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीचको वार्तामा भनाभनको स्थिति सिर्जना भएको छ । निक्कै महत्वपूर्ण मानिएको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेर एक सम्झौतामा हस्ताक्षर समेत गरेका छन् ।

स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भएको हो। जेलेन्स्कीले त्यस क्रममा कृतज्ञता व्यक्त गर्दै यो रकम हतियार खरिदमा खर्च गर्ने बताएका छन्। जेलेन्सकीले बेलायतमा नै राजा र्चाल्ससँग पनि भेट गर्ने कार्यक्रम बनाएका छन्।

शुक्रबार वाशिङ्टनमा भएको घटनापछि स्टेइमरले युक्रेनको स्वतन्त्रता जोगाउँदै शान्ति स्थापना गर्ने प्रयासमा आफू प्रतिबद्ध रहेको बताएका थिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।