काठमाडौं । अमेरिकाबाट ८ जना नेपाली नागरिक डिपोर्ट भएका छन् । उनीहरूलाई हत्कडी लगाएर काठमाडौं ल्याएको छ ।
अमेरिकाबाट आउँदा हत्कडीसँगै खुट्टामा समेत चेनले बाँधेर अमेरिकाबाट प्लेनमार्फत नेपाल झारिएकाे पाईएकाे छ ।
अध्यागमन विभागका अनुसार, अमेरिकामा डोनाल्ड ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला हुन् । सबै जना नियमित उडानमार्फत आएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।