सुदूरपश्चिम, २६ फागुनः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताएका छन् । उनले हल्ला गरेर केही नहुने समेत बताएका छन् । “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।” उनले भने ।
सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको पनि बताएका छन् । आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे।
कांग्रेस सभापति देउवा सहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका हुन् ।
Comments