काठमाडाैं २७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले निर्वाचन आयोगविरुद्धको मुद्दा जितेकी छन् । 

सर्वोच्च अदालतले मंगलबार कार्कीको पक्षमा फैसला गरेको हो । योसँगै तोसिमाको सांसद पद जोगिएको छ । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी कार्कीले मेडिकल काउन्सिल सदस्य पदबाट राजीनामा दिएकी थिइनन् । मेडिकल काउन्सिल सदस्य सार्वजनिक पद भएकाले राजीनामा नगरी उम्मेदवार बन्न नपाउने भनी  निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि उनको उम्मेदवारी जोगिएको थियो । त्यसै मुद्वा उनले जितेेकी हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।