प्रकाश कुमार लामा (प्रशिक्षार्थी)

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।

पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक नभएको र हुन पनि नसक्ने बताएका छन्।

उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ। पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेहरूले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुःख पाउँछन्।’

उनले कुनै पनि हालतमा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न नसक्ने भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिए।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।