काठमाडाैं । नेकपा (एमाले) निकट पत्रकारहरूको संस्था प्रेस चौतारीकाे महाधिवेशनमा एकलाैटी पेलेर नेतृत्व चयनकाे कसरत अघि बढेकाे छ ।


निर्वाचनकाे माग गरिरहेका उम्मेदवारलाई फाराम नै लिन निषेध गरिएकाे पाईएकाे छ । चाैतारीकाे अहिलेकाे निर्वाचनमा कु भएकाे भन्दै सामाजिक सञ्जालमा चर्काे विराेध भईरहेकाे छ ।


अध्यक्षमा दाबी गरिरहेका उपाध्यक्ष राजेश राईले अध्यक्ष मण्डलले आफूलाई उम्मेदवारी फारम नै नदिएको बताएका छन्।
निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम प्रकाशित गरेर निर्वाचन प्रक्रिया थालेको थियो।


निर्वाचन कार्यक्रममा मतदान कार्यक्रम भने उल्लेख नै थिएन। ४ बजेर २० मिनेटमा उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर ४ः३० मा सोझै निर्वाचन परिणाम घोषणा गर्ने कार्यसूचीसहितको सूचना टाँसेको थियो।
दिउँसो २ः ४५ मा उम्मेदवारी दर्ताका लागि निर्वाचन समितिमा पुग्दा आफूलाई फारम नै नदिइएको राईले बताए। चौतारीको अध्यक्ष पदका लागि उम्मेद्वारी शुल्क ३५ हजार तोकिएको छ।


एमाले नेताहरले अध्ययक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डेलाई घोषणा गर्ने तयारी छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।