काठमाडाैं । नेपाल विद्युुत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ सरकारका विरूद्व अदालत जाने भएका छन् ।
उनले पदबाट हटाइएको पत्र पाएपछि सरकारको निर्णयविरुद्ध अदालत जाने बताएका हुन् । ‘सरकारबाट चिठी आइपुगेको छैन । आएपछि हेरेर अदालत जाने हो,’ उनले भनेका छन् ।
उनले पत्रकार सम्मेलन गर्ने पनि जनाएका छन् । मन्त्रिपरिषद् र मन्त्रालयले सोधेका स्पष्टीकरण र प्रश्नहरूको ६ पटकसम्म जवाफ दिएको दावी उनले गरे । ‘मन्त्रीले सोधेको स्पष्टीकरणको ६ पटक जवाफ दिएको छु । त्यहाँ सबै विषय स्पष्टसँग लेखेको छु,’ उनले भने, ‘बाँकी सबै विषय पत्रकार सम्मेलन गरेर नै सार्वजनिक गर्छु ।’
Comments